अत्यन्त जरुरी सूचना

मिति २०८२/०५/२४ गतेका दिन भएको आन्दोलनका नाममा मौका छोपी विभिन्न समुहहरुले यस कम्पनीको मुख्यालयएनसेल आइकनसहित महेन्द्रनगर, धनगढी पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पु¥याउँदै आगजनी डकैतीका घटनाहरु भएका छन् सोही दिन कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा, नगद, सेफहरु एवं कार्यालयका महत्वपूर्ण अन्य कागजात आगजनी वा डकैती गरी लुटेर लगिएका छन् यसैगरी ल्यापटप, टेलिभिजन, अत्यावश्यक विद्युतीय उपकरणहरु लगायतका सामानहरु, कर्मचारीका ल्यापटप उनीहरुका लकर फोडी व्यक्तिगत सामान तथा गरगहनाहरु चोरी भएका छन्

 

तोडफोड, आगजनी डकैतीका घटनाको आवश्यक अनुसन्धान कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय, काठमाडौंमा सिसिटिभी फुटजहरु सहित उजुरी दर्ता गरिएको हुनाले कसैले एनसेल आइकनसहित महेन्द्रनगर, धनगढी पोखरास्थित क्षेत्रीय कार्यालयहरूबाट यस्ता उपकरण सामानहरु लिएको वा प्राप्त गर्नु भएको भए ती सामानहरु नजिकैको प्रहरी कार्यलयमा आई बुझाईदिन हुन अनुरोध गर्दछौं अन्यथा कानुन बमोजिम भई जाने व्यहोरा समेत जानकारी गराउँदछौं