Ncell Axiata Limited hereafter referred to as "Ncell", “us” or “we” or “our”. Respecting and protecting your Privacy is an integral part of our business and we do not view this as an obligation, but rather as a commitment to maintain your confidence and trust on us.
In Ncell, we take Privacy seriously and all our activities are underpinned by our T.R.U.S.T principles of being Transparent, respecting your Rights, in our Use of your personal data, through robust cyber Security practices and we take due care when Transfer of data is required.
This notice applies to personal data which we collect, generate or use when you subscribe to any of our products and services, use our applications or visit any of our websites. We advise you to read this notice alongside Terms and Conditions of our products/services as they may contain product/service specific information on how we process your personal data.
1. Collection and use of your data
Ncell may collect and use your personal data when:
The types of personal data that Ncell may collect include, but are not limited to:
Ncell collects and uses your personal data with your knowledge and consent and typically when you:
Your personal data may be collected, used or otherwise processed by us for the following purposes:
2. Information about Children
If you are under the age of 18, you are required to obtain the consent of your parents or legal guardian before using our network, products and/or services.
3. Disclosure
We keep your personal data confidential and do not share it with non-affiliated companies, except: (a) to provide products or services you have requested, (b) when we have your consentor (c) under the following circumstances:
We may disclose your personal data to the below classes of parties:
4. Cross Border Data Transfer
. With your consent or in accordance with the applicable laws, we may transfer your personal data across geographical borders to other entities. The transfer of personal data is carried out under our standard contracts with appropriate data protection clauses or data transfer agreements with similar obligations for the parties receiving this information to protect the security and confidentiality of your personal data.
5. Data Retention
We shall retain your personal data for as long as it is required for business, tax or legal purposes. Post that, we shall take measures to securely dispose your data.
6. Security
We endeavor, where practicable, to process your personal data in a safe environment by preventing any unauthorized or unlawful processing of personal data or accidental loss or destruction of, or damage to such information. We have implemented various physical, technical and administrative security measures to protect your personal data and our network from unauthorized access. Some of these measures include:
7. Exercise your Rights
We respect your rights and privacy by taking steps to ensure that your personal data is accurate and up-to-date. In compliance with the Privacy Act, 2075 (2018), we assure you that:
8. Consequences of not providing Personal Data
For you to use our products and services, we may require collection of certain personal data about you and failure to provide such information may:
9. By submitting your personal data to us, you acknowledge that:
10. Contact Us
If you have any questions or complaints about this notice, our privacy and information handling practices, or would like to exercise your rights as data subjects, kindlyreach out to our Data Privacy Officer via:
9809005000 or Email: data.privacy@ncell.com.np
11. Updates to the Privacy Notice
Ncell reserves the right to amend, modify, vary or update this Privacy Notice, at its sole discretion from time to time, as and when the need arises. The most recently published Privacy Notice shall prevail over any of its previous versions. Ncell has no obligation to inform you of any variations and you are encouraged to check this Privacy Notice from time to time to stay informed of any changes. You agree to adhere to the terms of the Privacy Notice including any variations.
12. Version Info
This notice was published on 10/30/2020 and last updated on 04/25/2024.
ग्राहकहरुको लागि गोपनियता सम्बन्धि सूचना:
एनसेल आजियाटा लि.(यसपछि, “एनसेल”, वा “हामीलाई”, वा “हामी” वा “हाम्रो” भनि उल्लेख गरिएको) तपाईको गोपनियताको रक्षा र सम्मान गर्नु हाम्रो व्यवसायको अभिन्न अगंको रुपमा लिएका छौं र तपाईको विश्वास एवम् भरोसा कायम राख्ने हाम्रो दायित्व नभइ प्रतिवद्धता हो भन्ने मान्दछौं।
एनसेलमा हामी गोपनियतालाई गम्भीर रुपमा लिन्छौं र हाम्रा सबै कार्यहरु हाम्रो टि.आर.यु.एस.टि. (T.R.U.S.T.: विश्वास, जिम्मेवारी, एकता, सेवा, र पारदर्शीता) सिद्धान्त अन्तर्गत पर्दछ। सिद्धान्त अनुरुप तपाईको व्यक्तिगत डाटा प्रयोग गर्दा हामी पारदर्शी भइ तपाईको अधिकारको सम्मान बलियो(विद्युतिय) साइबर सुरक्षाअभ्यासको माध्यमबाट गर्दछौ र डाटा स्थानन्तरणको क्रममा हामी पर्याप्त सतर्कता अपनाउनेछौं।
तपाईले हाम्रो कुनै वस्तु वा सेवा ग्रहण गर्दा, हाम्रो वेबसाइट वा एप्लिकेसन्स प्रयोग गर्दा सङ्कलन, उत्पादन र प्रयोग गर्ने निजी डाटाका लागी यो सूचना लागु हुनेछ। वस्तु/सेवा सम्बन्धि व्यक्तिगत डाटाको प्रयोग प्रक्रियाको विशेष जानकारी नियम र सर्तहरुमा हुने भएकाले यस सूचनासंगै सो नियमर सर्तहरु पढ्न सल्लाह दिन्छौं।
१. डाटा प्रयोग तथा सङ्कलन
निम्नानुसार प्रयोजनका लागी एनसेलले तपाईको व्यक्तिगत डाटा प्रयोग र संकलन गर्न सक्नेछ।
• तपाईले हाम्रो नेटवर्क, वस्तु वा सूचना प्रयोग गर्दा (कल सेन्टर सहित),
• तपाईले हामीलाई हाम्रो वस्तु तथा सेवा सम्बन्धि प्रश्न गर्न सम्पर्क गर्दा,
• हाम्रो एप्लिकेसन्स वा वेबसाइट प्रयोग गर्दा,
• अरु कुनै उदेश्यले हामीलाई सम्पर्क गर्दा।
एनसेलद्वारा संकलन गरिने व्यक्तिगत डाटा हामीले निम्नानुसार असिमित तवरमा प्रस्तुत गरेका छौः
• सम्पर्क सूचना (जस्तै नाम, ठेगाना, इमेल ठेगाना र टेलिफोन नम्बर)
• परिचयपत्रको प्रतिलिपी (जस्तै नागरिकता प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जन्म मिति, सरकारद्वारा जारी परिचयपत्र तथा कानूनको आवश्यकता अन्तर्गत जारी परिचयपत्र)
• जनसङ्ख्या सम्बन्धि सूचना (जस्तै उमेर, वैबाहिक स्थिति, लिङ्ग)
• फोटोग्राफ जस्तै पुरस्क्रित हुने प्रतियोगीतामा बुझाउन मिल्ने
• वस्तु विशेष सूचना(जस्तै प्राथमिक, नजिकका प्रयोगकर्ताको समूह, साथीहरु र परिवार जसलाई तपाईले आफ्नो सेवा योजना, क्रेडिट लिमिट आदिमा समावेश गर्नुहुन्छ)
• बैंकिङ सूचना (जस्तै प्रत्यक्ष डेबिट र सम्बन्धित बिल भुक्तानी बैंकिङ कारोबार)
• सेवा खाता सूचना (जस्तै कल प्रयोग, खाता ब्यालेन्स, कारोबारको इतिहास, क्रेडिट सूचना, बिलिङ र बफादारिताको अंक)
एनसेलले तपाईको जानकारी र सहमतिसहित व्यक्तिगत डाटा संकलन र प्रयोग निम्नानुसार गर्दछ।
• एनसेलको विस्तृत दायरा अन्त्तर्गत प्रस्ताव गरेको वा तपाईले रोजेको वस्तु तथा सेवाको प्रयोग गर्दा
• ग्राहक सोधपुछ, सूचनाका लागी दर्ता वा अन्य सेवा प्रयोग गर्दा
• हाम्रो सञ्चारलाई प्रतिक्रिया दिँदा (जस्तै एसएमएस इमेल प्रश्नावली वा सर्वेक्षण)
• एनसेलको वेबसाइटमा अन्तरक्रिया जस्तै एप्लिकेसन फारम बुझाउदा, सर्भे फारम बुझाउदा, अनलाइन सेवा प्रयोग गर्दा (यदि तपाईको ब्राउसरमा इन्टरनेट कुकिज सक्षम छन् भने एनसेलले तपाईको व्यक्तिगत अभिरुचि, अवलम्बन गरिएको पृष्ठहारु अनुसार सुविधासम्पन्न गराउन सक्नेछ)
• एनसेलको सामाजिक सञ्जाल पृष्ठ जस्तै फेसबुकमा सहभागिता जनाउँदा
• एनसेलको प्रसारप्रचार तथा प्रोत्साहन कार्यक्रममा सहभागिता जनाउँदा
• एनसेलको ग्राहक कल सेन्टर, डिलर्स र बिक्रि च्यानलहरु वा अरु कुनै सम्बद्ध व्यापार कारोबार मार्फत व्यक्तिगत डाटा प्रदान गर्ने अनुमति दिँदा।
तपाईको व्यक्तिगत डाटा निम्नानुसारका उदेश्यका लागी संकलन, प्रयोग वा अन्य प्रकारले प्रशोधित गर्न सकिनेछः
• तपाईको इच्छानुसार हाम्रो वस्तु, सेवा वा प्रस्ताव प्रदान गर्न
• हाम्रो वस्तु र सेवाका विशेषतामा भएका परिवर्तन र फाइदाहरु बारे सूचित गर्न
• हाम्रो भर्खरको प्रस्ताव,प्रचार प्रसार अभियानको बारेमा खबर गर्न (अध्यावधिकको लागी सदस्यता लिएको खण्डमा)
• तपाईलाई सेवा सम्बन्धि सदस्यताको वा खाता दर्ताको सन्देश प्रदान गर्न
• ग्राहक सर्वेक्षण वा बैठकको सहभागिताका लागी तपाईको डाटा प्रयोग गर्न
• तपाईलाई इमेल, टेलिसञ्जालका माध्यमबाट (टेलिफोन कल वा सन्देश) वा सामाजिक सञ्जालमा, छानिएका तेस्रो पक्षले प्रस्ताव गरेका तपाईले रुचाउन सक्ने वस्तु र सेवाको बारेमा जानकारी प्रदान गर्न
२. बालबालिकाको लागि जानकारी
तपाई १८ वर्षको उमेरभन्दा कम हुनुहुन्छ भने हाम्रो नेटवर्क, वस्तु तथा सेवा प्रयोग गर्नु अघि आफ्नो अभिभावक वा कानूनी संरक्षकको सहमति प्राप्त हुनुपर्दछ।
३. खुलासा
हामी निम्नानुसार तोकिएको भन्दा बाहेक तपाईको व्याक्तिगत डाटा गोपनिय राख्छौं र गैर सम्बद्ध कम्पनि संग बाड्दैनौः
क) तपाईले अनुरोध गर्नुभएको वस्तु वा सेवा प्रदान गर्न
ख) तपाईको अनुमति भएमा
ग) देहाएका अवस्थामाः
• हाम्रो कानूनी तथा नियामक दायित्व पूर्ति गर्न तपाईको व्यक्तिगत डाटा प्रयोग गर्न सकिने
• कानून अनुसार अपराध पत्ता लगाउन र रोक्नका लागी तपाईको व्यक्तिगत डाटा प्रयोग गर्न सकिने
• एनसेलको अधिकार, प्रयोगका सर्तहरु, बौद्धिक वा भौतिक सम्पति लागु गर्न वा एनसेलका वा सम्बद्ध पक्षको सुरक्षाका लागी हामीलाई जरुरत लागेमा तपाईको व्यक्तिगत डाटा प्रयोग गर्न सकिने
• यदि एनसेल कुनै कम्पनिसँग मर्ज भएमा वा कम्पनिद्वारा अधिग्रहण भएमा वा कुनै कानूनी दाबी भएमा आवश्यकता अनुसार तपाईको व्यक्तिगत डाटा प्रयोग गर्न सकिने
तपाईको व्यक्तिगत डाटा निम्न दिएका पक्षहरुलाई खुलासा गर्न सकिनेः
• वाहक र संचालकसंग गरिने अन्तराष्ट्रिय कलहरुमार्फत
• हाम्रो अधिकार, तपाइको सुरक्षा सुनिश्चित गर्न, ठगीको अनुसन्धान तथा छानविन गर्न वा कानून यवस्थापनको अनुरोध भएमा विश्वाशनिय तवरमा खुलासाहरु गरिनुपर्छ भन्ने हामीलाई लागेमा
• एनसेलका सेवा प्रदायक, क्षेत्रिय इन्जिनियर, एनसेलका तर्फबाट काम गर्ने ठेकेदार जोसँग सूचना प्रयोग गर्ने स्वतन्त्र हक छैन, सोही व्याक्तिलाई सूचनाको पहुँच भएमा वा हामीले जानकारी दिएमा
• व्यक्तिगतरुपमा पहिचान योग्य नहुने तवरले समग्र रुपमा एनसेलको मार्केटिङ क्रियाकलापका लागी हाम्रो व्यापार साझेदारसँग सूचना बाड्न सकिने
• क्रेडिट जाँच्न तथा ठगी व्यवस्थापन गर्न तेस्रो पक्षसँग
• सेवा प्रयोग सम्बन्धि तेस्रो पक्षसँग विश्लेशणात्मक कार्य बुझ्न
• अनुसन्धान र विकासका उदेश्यले तेस्रो पक्षसँग
• हाम्रा सम्बद्ध तथा सहायक कम्पनीसँग जस्तै एनसेल डिलर्स
माथि उल्लेख गरिएका पक्षहरुले तपाईको व्यक्तिगत डाटा गोपनिय राख्नेछन् र सोही डाटा कुनै पनि अनधिकृत उदेश्यका लागी प्रयोग गर्नबाट प्रतिबन्धित गरिएको हामी सुनिशचित गर्छौ। यी पक्षले तपाईको डाटा सुरक्षा पर्याप्त तवरले डाटा गोपनियताका कानून र व्यवसायका राम्रा अभ्यास अनुसार गर्ने औपचारिक रुपमा कार्यानवयन भएका करारबाट हामी सुनिशचित गर्दछौं।
४. सीमा पार डाटा स्थानान्तरण
तपाईको मञ्जुरी वा उपयुक्त कानून अनुसार,तपाईको वैयक्तिक डाटा भौगोलिक सिमाना पार अन्य संस्थाहरुलाई स्थानान्तरण गर्न सकिने छ। डाटा स्थानान्तरण हाम्रो स्तरिय करार अन्तर्गत उपयुक्त डाटा सुरक्षा खण्ड वा डाटा स्थानान्तरण खण्ड वा डाटा स्थानान्तरण सम्झौता अनुसार सूचना प्राप्त गर्ने पक्षलाई पनि डाटाको सुरक्षा र गोपनियताको समान दायित्व हुने गरी गरिनेछ।
५. डाटा अवधारण
व्यापार, कर र अन्य कानूनी कारणका लागी चाहिएको खण्डमा हामी तपाईको व्यक्तिगत डाटा अवधारण गर्नेछौं। त्यस पश्चात् हामी तपाईको डाटा सुरक्षित तवरमा डिस्पोस गरिनेछ।
६. सुरक्षा
व्यक्तिगत डाटाको अनाधिकृत वा गैरकानूनी प्रशोधन वा आकश्मिक क्षति वा नष्ट वा हानी हुने कुरालाई रोकी हामी तंपाईको सूचनालाई सुरक्षित वातावरणमा संकलन र प्रशोधन गर्ने कोशिस गर्नेछौं। हामीले तपाईको व्यक्तिगत डाटा तथा हाम्रो सञ्जाललाई अनाधिकृत पहुँचबाट सुरक्षित राख्न विभिन्न भौतिक, प्रविधिक, तथा प्रशासनिक सुरक्षा मापदण्ड लागू गरेका छौं।
• परावहनमा डाटाको गुप्तिकरण
• गोपनियता र सुरक्षाका अभ्यासको कडा पालना
• अभ्यास अध्यावधिक गर्न आवधिक सुरक्षाको मूल्याङ्कनर समीक्षा
• जान्न इच्छुक कर्मचारीहरुलाई यस्तो डाटा उपलब्ध गराउन अवरोध गर्ने
७. तपाईको अधिकारको प्रयोग
तपाईको निजि डाटा ठीक र अध्यावधिक भएको सुनुश्चित गर्दै तपाईको अधिकार र गोपनियताको सम्मान गर्दछौं। गोपनियताको ऐन २०७५(२०१८) हामी देहाएसनुसार सुनिशचित गर्दछौः
• तपाईलाई हामीसँग भएको तपाईको निजि डाटाको जानकारी पाउने हक छ
• तपाईलाई तापईको व्यक्तिगत डाटाको प्रतिलिपि पाउने अनुरोध गर्ने हक छ
• तपाईलाई तपाईको निजि डाटा सच्याएर शुद्ध, पूर्ण र अध्यावधिक गर्ने हक छ
आफ्नो हक अभ्यास लागु गर्न , तल दिएको विवरण “सम्पर्क गर्नुहोस्”‘Contact Us’ खण्डमा सम्पर्क गर्न सक्नुहुनेछ।
८. व्यक्तिगत डाटा प्रदान नगरेको नतिजा
हाम्रो वस्तु/सेवा प्रयोग गर्नका लागी हामीलाई तपाईको केही निजि डाटाको आवश्यकता पर्न सक्छ। सूचना प्रदान गर्न चुक्नु भएमा नतिजा निम्नानुसार हुनसक्छः
• तपाईको निवेदनलाई प्रक्रियानुसार चल्न र तपाईलाई सेवा प्रदान गर्न असमर्थ
• तपाईको अनुरोध अनुसार हाम्रो वस्तुसेवामा प्रतिक्रिया दिन असमर्थ
• हाम्रो वेबसाइट वेबलिंकको केही विशेषताहरुको पहुँचमा रोक
• हामीले प्रदान गर्ने प्रचारप्रसारका क्रियाकलापको आमन्त्रणा लिन असमर्थ
• तपाईलाई हाम्रो भर्खरै प्रवर्तन भएका वस्तु सेवा सम्बन्धि अध्यवधिक गर्न असमर्थ
हामीलाई व्यक्तिगत डाटा पेश गर्दा तपाईले निम्नकुरा स्वीकार्नु हुन्छः
• तपाईले सूचना पढेर बुझेर आफ्नो व्यक्तिगत डाटा लेखिएअनुसार प्रयोग गर्न सहमति जनाउनु भयो।
• तपाईको प्रतिनिधित्व तपाईको ज्ञान अनुसार सत्य र सही छन्, तपाईले जानिबुझी केही प्रतिकुल असर पर्न सक्ने प्रासंगिक जानकारी छुटाउनु भएको छैन।
९. सम्पर्क (Contact Us)
यदि तपाईलाई यो सूचना वा हाम्रो गोपनियता वा सूचना व्यवस्थापन अभ्यासको सम्बन्धमा कुनै जिज्ञासा वा गुनासो भएमा, हामीलाई निम्नानुसार सम्पर्क गर्न सक्नुहुनेछ।
फोन नम्बरः ९८०९००५०००
इमेल ठेगानाः data.privacy@ncell.com.np
१०. गोपनियता सूचनाको अध्यावधिक
आवश्यकता अनुसार यो गोपनियता सूचनालाई अध्यावधिक गर्ने अधिकार एनसेलमा सुरक्षित हुनेछ।यो सूचना यस अघिको संसकरणमा लागु हुने छ।कुनै पनि संसकरणको बारेमा एनसेलले तपाईलाई जानकारी गराउन बाध्य हुने छैन। सूचनामा हुने कुनै पनि परिवर्तनमा सूचित रहनका लागी समय समयमा परिक्षण गरिरहनका लागी हामी तपाईलाई हार्दिक अनुरोध गर्दछौं।तपाई यस गोपनियता सूचनाको समसकरण सहित सर्तहरुसँग मञ्जुर हुनुहुन्छ।
११. संस्करण सूचना
यो सूचना २०७७/१०/३० मा प्रकाशित भई अन्तिम पटक २०८१/०१/१३ मा अध्यावधिक भएको थियो।
Dear guest, we thank you for visiting Ncell Axiata Limited (hereafter referred to as "Ncell", “us” or “we” or “our”) and trusting us with your personal data. In Ncell, we take Privacy seriously and all our activities are underpinned by our T.R.U.S.T principles of being Transparent, respecting your Rights, in our Use of your personal data, through robust cyber Security practices and we take due care when Transfer of data is required.
This Privacy Notice (“Notice”) expresses our commitment to respect and protect your privacy and treat privacy as an integral part of our business and we do not view this as an obligation, but rather as a commitment to maintain your confidence and trust. The Notice describes types of personal data we collect, how we may use such data and whom we may share it with. “Personal Data” in this regard means information about you that we may require to facilitate your visit in an efficient manner.
1. Information we collect
We obtain basic personal data from you in our Visitors database and/or visitor log book, which includes but is not limited to:
2. Purpose for processing personal data
Your personal data may be collected, used or otherwise processed by us for, amongst others, for the following purposes:
3. Data Sharing
We do not routinely share/transfer your personal data with any external organizations or third parties. However, where and whenever we share/transfer your personal data, we shall do so in accordance with applicable data privacy laws and unless required or permitted by law.
4. Security
We endeavor to collect and process your information in a safe environment by preventing any unauthorized or unlawful processing of personal data or accidental loss or destruction of, or damage to such information. We have implemented various physical, technical and administrative security measures to protect your personal data and our network from unauthorized access.
5. Retention
Your personal data that has been collected will be retained as long as required to meet the purposes mentioned above. The retention period for storage of personal data is based on the requirements of applicable laws. However, in the absence of any relevant laws, personal data will be stored where it is required under the Company Policy.
6. Your Rights
We respect your rights and privacy. We endeavor to protect the confidentiality, integrity of your personal data by taking steps to ensure that your personal data is accurate and up-to-date. In compliance with the Privacy Act, 2075 (2018) and our Data Privacy Policy, we assure you that you have right to access and correct your personal data.
For exercising your rights, you can reach out to us through the details under Contact Us section given below.
7. Contact Us
If you have any questions or complaints about this notice, our privacy and information handling practices, you can contact us at :
Address: Ncell ICON, Ward No. 26, Lainchaur,Kathmandu Metropolitan City, Kathmandu District, Bagmati Pradesh, Nepal
Email ID: data.privacy@ncell.com.np
Phone Number: 9809005000
8. Updates to the Privacy Notice
Ncell reserves the right to update this privacy notice, as and when need arises. This notice shall prevail over any of its previous versions. We highly recommend that you check back here from time to time to stay informed of any changes.
9. Version Info
This notice was published on 10/30/2020 and last updated on 04/25/2024.
आगन्तुकका लागि गोपनियता सम्वन्धि सूचना:
आदरणिय अतिथिज्यु, हामी (यसपछि “एनसेल”, वा “हामीलाई”, वा “हामी” वा “हाम्रो” भनि उल्लेख गरिएको) तपाईले आफ्नो व्यक्तिगत तथ्यांक(डाटा) सहित हामीलाई विश्वास गरी एनसेलमा आउनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । एनसेलमा हामी गोपनियतालाई सम्वेदनशिल हिसावले ग्रहण गर्दछौं र तपाईको निजि डाटा प्रयोग गर्दा तपाईको अधिकारको सम्मान गर्दै बलियो (विद्युतीय) साइवर सुरक्षा अभ्यासको माध्यमवाट हाम्रा क्रियाकलापहरु हाम्रो पारदर्शिता सम्वन्धि टीआरयुएसटी सिद्धान्त अन्तर्गत सम्पन्न हुनेछन र डाटा स्थानान्तरणको क्रममा हामी पर्याप्त सतर्कता अपनाउनेछौं ।
तपाईको गोपनियताको रक्षा र सम्मान गर्न तथा यसलाई एउटा दायित्वको रुपमा नभई तपाईको आश्वस्तता तथा विश्वास कायम राख्नका लागि हाम्रो प्रतिवद्धताको रुपमा लिने र गोपनियतालाई हाम्रो व्यवसायको एक अभिन्न अंगको रुपमा लिने प्रतिवद्धतालाई यो गोपनियता सम्वन्धी सूचना (सूचना) ले व्यक्त गर्दछ । यो सूचनाले हामीले संकलन गर्ने निजि डाटाको प्रकार, हामीले यो डाटाको कसरी प्रयोग गर्छौ र यो कसलाई वितरण गर्न सकिनेछ भन्ने बताउनेछ । यस सम्वन्धमा “व्यक्तिगत ” भन्नाले तपाईको भ्रमणलाई प्रभावकारी बनाउनका लागि आवश्यक पर्न सक्ने सूचनालाई बुझाउनेछ ।
१. हामीले संकलन गर्ने सूचना
हामीले हाम्रो आगन्तुक डाटावेस र/वा आगन्तुक लगवुकबाट प्राप्त गर्ने आधारभुत डाटा निम्नानुसार असिमित तवरमा समावेश गरेका छौंः
• सम्पर्क सूचना (जस्तै नाम, कम्पनीको नाम, ठेगाना, ईमेल ठेगाना तथा टेलिफोन नम्वर)
यसरी संकलित डाटा कम्पनी परिसर र सुरक्षामा पँहुच तथा रेकर्डिङ्ग र नियन्त्रणका लागि प्रयोग गरिनेछ ।
२. व्यक्तिगत डाटा प्रशोधनको प्रयोजन
निम्नानुसार प्रयोजनका लागि तपाईँको व्यक्तिगत डाटा हामीहरु वा अन्यहरु वीच संकलन र प्रयोग गर्न वा अन्य तवरले प्रशोधन गर्न सकिनेछ ।
• आन्तरिक अभिलेखहरु कायम राख्न वा पेश गर्न,
• “वैधानिक÷कानूनी आवश्यकता,
• नियमित भ्रमणको हकमा पहुँचलाई सहज बनाउन,
• तपाईको भ्रमणलाई प्रभावकारी हिसावले सहज बनाउन,
• जनता (कर्मचारी, आगन्तुकहरु तथा ठेकेदारहरु) को तथा कम्पनी परिसरमा राखिएको गोप्य सूचना रहेको स्थान/पहुँचको सुरक्षासंग सम्वन्धित सामाग्रीहरु समेतको भौतिक सुरक्षाको सुनिश्चितता गर्न । क्षेति, ठगी, चोरी, चोट, आतंककारी गतिविधि तथा कम्पनी परिसरमा हुन सक्ने यस प्रकारका अरु घटनालाई रोक्न यो गरिनेछ ।
• हामीलाई कानूनद्धारा निश्चित रेकर्ड राख्नु पर्ने आवश्यक भएमा हामीले कानूनी दायित्वको रुपमा त्यस्तो रेकर्ड राख्ने तथा संकलन गर्ने काम गर्नेछौं ।
माथि उल्लेखित बुँदाहरुलाई यसपछि “प्रयोजन” भनि उल्लेख गरिनेछ ।
३. डाटा वितरण
हामी नियमित रुपमा व्यक्तिगत डाटा कुनै वाह्य संस्था वा तेश्रो पक्षलाई वितरण/स्थानान्तरण गर्ने छैनौ । तथापि, कानूनले अनुमति दिएको वा आवश्यक भएको हकमा गोपनियता सुरक्षा सम्वन्धि प्रचलित कानून अनुसार हामी जँहा र जहिले व्यक्तिगत डाटा वितरण/स्थानान्तरण गर्न सक्ने छौं ।
४. सुरक्षा
व्यक्तिगत डाटाको अनाधिकृत वा गैरकानूनी प्रशोधन वा आकश्मिक क्षेति वा नष्ट वा हानी हुने कुरालाई रोकी हामी तँपाईको सूचनालाई सुरक्षित वातावरणमा संकलन र प्रशोधन गर्ने कोशिस गर्नेछौं । हामीले तपाईको व्यक्तिगत डाटा तथा हाम्रो सञ्जाललाई अनाधिकृत पँहुचवाट सुरक्षित राख्न विभिन्न भौतिक, प्राविधिक, तथा प्रशासनिक सुरक्षा मापदण्ड लागू गरेका छौं ।
५. अवधारण
माथि उल्लेखित प्रयोजनका लागि आवश्यक भए सम्म संकलित तँपाइको व्यक्तिगत डाटा अवधारण गरी राखिनेछ । यस्तो व्यक्तिगत डाटा भण्डारणको लागि अवधारण अवधि प्रचलित कानूनको आवश्यकतामा आधारित हुनेछ । तथापि सम्वन्धित कानूनको अभावमा त्यस्तो व्यक्तिगत तथ्यांक भण्डारण गर्न आवश्यक भएमा कम्पनीको नीति अन्तर्गत राखिनेछ ।
६. तपाईको अधिकार
हामी तपाईको अधिकार र गोपनियताको सम्मान गर्दछौं । तपाइको व्यक्तिगत तथ्यांक सही र अध्यावधिक रहने सुनिश्चितताको लागि आवश्यक कदम चाली तपाईको व्यक्तिगत डाटाको गोपनियता तथा विश्वसनियताको सुरक्षा गर्न हामी कोशिस गर्नेछौं । गोपनियता सम्वन्धि ऐन, २०७५ (२००८) तथा हाम्रो डाटा गोपनियता नीतिको पालना गर्दै तपाईलाई आफ्नो डाटामा पँहुच स्थापना गर्न तथा त्यस्तो डाटा सच्याउन पाउने अधिकार रहेको कुरामा आश्वस्त गराउछौं ।
तपाईँले आफ्नो अधिकारको अभ्यास गर्न तल दिइएको ”“हामीलाई सम्पर्क गर्नुहोस” ”Contact Us” खण्ड अन्तर्गतको विवरण मार्फत हामी समक्ष पहुँच स्थापना गर्न सक्नुहुनेछ ।
७. सम्पर्क
यदि तपाईलाई यो सूचना वा हाम्रो गोपनियता तथा सूचना व्यवस्थापन अभ्यासको सम्वन्धमा कुनै जिज्ञासा वा गुनासो भएमा, हामीलाई निम्नानुसार सम्पर्क गर्न सक्नुहुनेछ ।
ठेगाना : एनसेल आईकन, लैनचौर वडा नं. २६, काठमाडौँ महानगरपालिका, काठमाडौँ जिल्ला, बाग्मती प्रदेश, नेपाल
फोन नं.: ९८०९००५०००
इमेल ठेगाना: data.privacy@ncell.com.np
८. गोपनियता सूचनाको अध्यावधिक
आवश्यकता अनुसार यो गोपनियता सूचनालाई अध्यावधिक गर्ने अधिकार एनसेलमा सुरक्षित हुनेछ । यो सुचना यस अघिको कुनै पनि संस्करणमा लागु हुनेछ । सूचनामा हुने कुनै पनि परिवर्तनमा सूचित रहनका लागि समय समयमा परिक्षण गरिरहनका लागि हामी तपाईलाई हार्दिक अनुरोध गर्दछौं ।
९. संस्करण सूचना
यो सूचना मिति २०७७/०७/१४ मा प्रकाशित भएको र अन्तिम पटक मिति २०८१/०१/१३ मा अध्यावधिक भएको थियो ।
Ncell Axiata Limited hereafter referred to as “Ncell", “us” or “we” or “our” is committed to protecting your personal data. In Ncell, we take Privacy seriously and all our activities are underpinned by our T.R.U.S.T principles of being Transparent, respecting your Rights, in our Use of your personal data, through robust cyber Security practices and we take due care when Transfer of data is required.
This Candidate Privacy Notice “Privacy Notice” is aimed to explain how we handle and protect your personal data in connection with Ncell’s recruitment processes and what Ncell’s data protection obligations along with your rights are. As used in this Privacy Notice, “Personal Data” means information that identifies potential candidates for employment with us. The term Candidate (referred as “Candidate” or “You”) is used in this Notice to refer to anyone who applies for a job role, or who otherwise seeks to work with or for us (whether on a permanent or temporary basis).
1. What personal data do we collect?
Ncell may collect and store your personal data in electronic or physical form, depending upon the requirement. Information may be stored at Ncell and third-party premises within IT Systems (HR Management system, e-mail, database, hard drives), document warehouses etc.
Information we collect includes, but is not limited to:
2. How is your personal data collected?
We collect personal data about candidates from:
3. What do we use your personal data for?
We collect and use your personal data for various purposes,including but not limited to:
4. What is the legal basis by which we process your personal data?
Our processing of your personal data for the purposes mentioned above shall be in accordance with below legal basis:
5. Who do we disclose your personal data to?
We may disclose your personal data to the below mentioned categories of third parties for carrying out few of the processing activities listed under the section ‘How do we use your personal data
6. How do we protect your personal data?
We shall keep and process your data in a secure manner. We endeavor, where practicable to process your data in a safe environment by preventing any unauthorized or unlawful processing of data or accidental loss or destruction of, or damage to such data. We have implemented various physical, technical and administrative security measures to protect the confidentiality, integrity and availability of your data.
7. How long do we retain your personal data?
Ncellshall retain your personal data only for as long as such information is necessary for the purposes it was collected for. The retention period for storage of personal data is based on the requirements of applicable laws. However, in the absence of any relevant laws, personal data shall be stored where it is required for business purposes.
8. What are your Rights?
We respect your rights as individuals, so you are in control of your personal data. You have the below rights (in the circumstances and under the conditions, and subject to the exceptions, set out in applicable law) available to you:
9. By submitting your personal data to us, you acknowledge that:
10. Contact Us/Complaints
If you have any questions or complaints about this notice, our privacy and information handling practices, or would like to exercise your rights as data subjects, kindly reach out to us via:
9809005000 or Email: data.privacy@ncell.com.np
11. Updates to the Privacy Notice
Ncell reserves the right to amend, modify, vary or update this Privacy Notice, at its sole discretion from time to time, as and when the need arises. The most recently published Privacy Notice shall prevail over any of its previous versions. Ncell has no obligation to inform you of any variations and you are encouraged to check this Privacy Notice from time to time to stay informed of any changes. You agree to adhere to the terms of the Privacy Notice including any variations
12. Version Info
This notice was published on 10/30/2020 and last updated on 04/25/2024.
उमेदवारका लागी गोपनियता सम्बन्धि सूचना:
एनसेल आजियाटा लि. (यसपछि, “एनसेल”, वा “हामीलाई”, वा “हामी” वा “हाम्रो” भनि उल्लेख गरिएको) तपाईको व्यक्तिगत डाटा सुरक्षाका लागी प्रतिबद्ध छ। हामी गोपनियतालाई सम्वेदनशील हिसाबले गर्हण गर्दछौं र हाम्रा सबै कार्यहरु हाम्रो टि.आर.यु.एस.टि. (T.R.U.S.T.: विश्वास, जिम्मेवारी, एकता, सेवा, र पारदर्शीता) सिद्धान्त अन्तर्गत पर्दछ। सिद्धान्त अनुरुप तपाईको व्यक्तिगत डाटा प्रयोग गर्दा हामी पारदर्शी भइ तपाईको अधिकारको सम्मान बलियो (विद्युतिय) साइबर सुरक्षाअभ्यासको माध्यमबाट गर्दछौ र डाटा स्थानन्तरणको क्रममा हामी पर्याप्त सतर्कता अपनाउनेछौं।
यस उमेदवारकालागी गोपनियता सम्बन्धि सूचना “गोपनियता सम्बन्धि सूचना”ले हामी कसरी तपाईकोभर्तिको प्रक्रियासँग सम्बन्धित व्यक्तिगत डाटा सुरक्षा गर्छौ र एनसेलको दायित्वसँगै तपाईको अधिकार के हुन् भन्ने विषयको व्याख्या गर्दछ।गोपनियता सम्बन्धि सूचनामा उल्लेख गरिएअनुसार “व्यक्तिगत डाटा” भन्नाले त्यस्ता सूचनाहरु हुन् जसले हामीसँगको रोजगारका लागी सम्भाव्य उमेदवारको पहिचान गर्दछ।उमेदवार भन्ने शब्दले (यसपछि “उमेदवार” वा”तपाई” भनि उल्लेख गरिएको) यो सूचनामा रोजगारीका लागीनिवेदन गरेको वा हामीसँग काममा सम्बद्ध भएको(स्थायी वा अस्थायी रुपमा) व्याक्ति बुझिन्छ।
१. हामीले संकलन गर्ने व्यक्तिगत डाटा के हुन्?
एनसेलले तपाईको व्यक्तिगत डाटा विद्युतिय वा भौतिक माध्यममा, आवश्यकता अनुसार संकलनर सञ्चय गर्नसक्नेछ। एनसेल र तेस्रो पक्षको सूचनाप्रविधि परिसर अन्तर्गत(मानव श्रोत व्यावस्थापन प्रणाली, इमेल, डाटाबेस, हार्ड ड्राइभ),कागजात भण्डारण आदिमा सूचना सञ्चय गर्न सकिनेछ।
हामीले संकलन गर्ने सूचना निम्नानुसार असिमित तवरमा समावेश गरेका छौः
• व्यक्तिगत विवरण, जस्तै नाम, ठेगाना, टेलिफोन नम्बर, इमेल ठेगाना र अन्य सम्पर्क सूचना
• भर्तीसम्बन्धि सूचना, जस्तैआवेदन फारम (वेबसाइट र पाना) सी.भी, रेस्युमे, अन्तरवार्ता पत्र, भिडियो अन्तरवार्ता, पूर्व रोजगारदाताको सिफारिस, साइकोमेट्रिक परिक्षण नतिजा
• पत्यारपत्रहरु, भर्ती पोर्टलका लागीउपयुक्त भएमा प्रयोगकर्ता नाम र पासवर्ड
• परिचयात्मक जानकारीहरु जस्तै परिचय प्रमाण पत्र।
संवेदनशील व्यक्तिगत डाटा, व्यक्तिगत डाटाको उपसमूह हो र यस अन्तर्गत लैङ्गिक झुकाव, जातियता, स्वास्थ्य लगायत कानूनद्वारा निर्धारित अन्य वर्ग पर्दछन्।हामी तपाईका बारेमा संवेदनशील व्यक्तिगत डाटा तपाईको मञ्जुरी र कानूनले तोकेको प्रावधान बिना प्रशोधन गर्दैनौं।
२. तपाईको व्यक्तिगत डाटा कसरी संकलन गरिन्छ?
हामी तपाईको व्यक्तिगत डाटा देहायका व्यक्तिबाट संकलन गर्दछौः
• तपाई, उमेदवार
• तपाईको सिफारिसकर्ता
• रोजगारी दिने संस्था र डाटाबेस
• सार्वजनिक रुपमा पाइने श्रोतबाट
यदि तपाईले आफ्नो सिफारिसकर्ता वा कसैको व्यक्तिगत सूचना आफ्नो आवेदनमा समावेश गर्नुभएको छ भने, सो व्यक्तिसँग सूचना प्रदान गर्नका लागी पूर्व मन्जुरी लिने जिम्मेवारी तपाईको हुनेछ। त्यस्तो सूचना प्रदान गर्नुको अर्थ तपाईले मन्जुरी प्राप्त गरी हामीलाई सूचना प्रशोधन गर्न र सो व्यक्तिलाई आवश्यकता अनुसार सम्पर्क गर्न समेत मन्जुरी दिइएको हो।
३. तपाईको व्यक्तिगत डाटा केका लागी प्रयोग गर्छौ?
हामी निम्नानुसार असिमित तवरमा धेरै उदेश्यका लागी डाटा संकलन र प्रयोग गर्छौः
• सम्भाव्य रोजगारीका लागी उमेदवारको पहिचान र मूल्याङ्कका साथै उहाँहरुले भविष्यमा उपलब्ध भए खेल्न सक्ने भूमिका
• भर्ति सम्बन्धि अभिलेख
• कानूनी आवश्यकताहरुको पालना सुनिश्चित गर्नका लागी
• कानून बमोजिम अनुमति भए अनुसार उमेदवारको पृष्ठभूमी जाँच गर्न
• कानूनले अनुमति दिए अनुसार हाम्रो कानूनी अधिकार सुरक्षित गर्न
• कुनै एक वा धेरै व्याक्तिको स्वास्थ्य वा सुरक्षाका लागी आपतकालीन समयमा सम्पर्क गर्न
४. व्यक्तिगत डाटा प्रशोधन गर्ने कानूनी आधार के हुन्?
माथि उल्लेख गरिएको उदेश्यका लागी देहाएका कानूनी आधार अनुसार हामी तपाईको व्यक्तिगत डाटा प्रशोधन गर्द्छौः
• तपाईको मन्जुरी भएमा
• करारमा प्रवेश गर्नका लागी तपाईको अनुरोधमा
५. व्यक्तिगत डाटा हामी कसलाई खुलासा गर्छौ?
हामी तपाईको व्याक्तिगत डाटा देहाएका तेस्रो पक्षका वर्ग अन्तर्गत प्रशोधन गर्छौः
• पृष्ठभूमी प्रमाणिकरण विक्रेता
• एनसेलको उपर क्षत्राधिकार भएका कुनै पनि नियामक वा सरकारी अधिकारीवा अधिक्रित निकायहरु
• चिकित्साजाँचका लागी रोजगारी-पूर्व निर्धारित अस्पतालहरु
माथि उल्लेख गरिएका तेस्रो पक्षका वर्गहरुले तपाईको व्यक्तिगत डाटालाई उपयुक्त करारीय सम्झौताबाट पर्याप्त संरक्षण प्रदान गर्ने व्यहोरा हामी सुनिशिचत गर्दछौ।
६. तपाईको व्यक्तिगत डाटा कसरी सुरक्षित गर्ने?
हामी तपाईको डाटा सुरक्षित ढङ्गले राख्नेछौ। सुरक्षित वातावरणमा तपाईको डाटा प्रशोधन गरी कुनै पनि अनधिकृत वा गैरकानूनी रुपमा प्रशोधन हुनबाट वा भवितव्य हानी तथा नोक्सानीबाट बचाउन कोसिस गर्नेछौ। हामीले भौतिक, प्राविधिक र प्रशासनिक सुरक्षाका उपायहरुबाट तपाईको डाटाको गोपनियता, निष्ठा रसुलभतालाई सुरक्षित गरेका छौ।
७. कति समयसम्म तपाईको डाटालाई अवधारण गर्ने?
एनसेलले तपाईको व्यक्तिगत डाटा संकलन गरिएको उदेश्यका निम्ति आवश्यकता भएअनुसार अवधारण गर्नेछ। व्यक्तिगत डाटा अवधारण समयावधि उपयुक्त कानून अनुसार हुनेछ। कुनै उपयुक्त कानूनि प्रावधान नभएमा, व्यक्तिगत डाटा व्यापारिक उदेश्यका लागी राख्न सकिनेछ।
८. तपाईका अधिकारहरु के के हुन्?
हामी व्यक्तिगत रुपमा तपाईको अधिकारको सम्मान गर्छौ त्यसैले तपाईको व्यक्तिगत डाटा तपाईकै नियन्त्रणमा छ। तपाईलाई निम्नानुसार अधिकार(कानूनमा ऊल्लेख गरिएकापरिस्थितिहरु, अवस्था र अपवादको अधीनमा रही) दिइएको छः
• आफ्नो व्यक्तिगत डाटाको प्रतिलिपि उपलब्ध गर्न अनुरोध गर्न सकिने,
• आफ्नो व्यक्तिगत डाटा अध्यावधिक गर्ने हक,
• डाटा प्रशोधन गर्न दिएको मन्जुरी फिर्ता लिन पाउने हक,
• तोकिएको विशेष उदेश्यका लागी वा विशेष तरिकाबाट डाटा प्रशोधन रोक्न पाउने हक,
आफ्नो अधिकारको अभ्यासका लागी “हामीलाई सम्पर्क गर्नुहोस्” खण्ड अन्तर्गत हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
हामीलाई व्यक्तिगत डाटा पेश गर्दा तपाईले निम्नकुरा स्वीकार्नु हुन्छः
• तपाईले सूचना पढेर बुझेर आफ्नो व्यक्तिगत डाटा लेखिएअनुसार प्रयोग गर्न सहमति जनाउनु भयो।
• हामीलाई तपाईको निजि डाटाको आवेदन विचार गर्दा (जस्तै योग्यताको प्रमाण वा कामको इतिहास) आवश्यकता पर्न सक्छ। सो अनुसार अनुरोध गर्दा सूचना प्रदान गर्न चुक्नु भएमा हामी तपाईको आवेदन जारी गर्न सक्नेछैनौ।
• तपाईको प्रतिनिधित्व तपाईको ज्ञान अनुसार सत्य र सही छन्, तपाईले जानिबुझी केही प्रतिकुल असर पर्न सक्ने प्रासंगिक जानकारी छुटाउनु भएको छैन।बेठीक जानकारी प्रदान गरेकोमा तपाई उमेदवारीका लागी अयोग्य हुनुहुनेछ।
९. सम्पर्क
यदि तपाईलाई यो सूचना वा हाम्रो गोपनियता वा सूचना व्यवस्थापन अभ्यासको सम्बन्धमा कुनै जिज्ञासा वा गुनासो भएमा, हामीलाई निम्नानुसार सम्पर्क गर्न सक्नुहुनेछ।
फोन नम्बरः ९८०९००५०००
इमेल ठेगानाः data.privacy@ncell.com.np
१०. गोपनियता सूचनाको अध्यावधिक
आवश्यकता अनुसार यो गोपनियता सूचनालाई अध्यावधिक गर्ने अधिकार एनसेलमा सुरक्षित हुनेछ।यो सूचना यस अघिको संसकरणमा लागु हुने छ। कुनै पनि संसकरणको बारेमा एनसेलले तपाईलाई जानकारी गराउन बाध्य हुने छैन। सूचनामा हुने कुनै पनि परिवर्तनमा सूचित रहनका लागी समय समयमा परिक्षण गरिरहन हामी तपाईलाई हार्दिक अनुरोध गर्दछौं।तपाई यस गोपनियता सूचनाको संमसकरण सहित सर्तहरुसँग मञ्जुर हुनुहुन्छ।
११. संस्करण सूचना
यो सूचना २०७७/०७/१४ मा प्रकाशित भई अन्तिम पटक २०८१/०१/१३ मा अध्यावधिक भएको थियो।
If you need to correct your personal details, please fill this form and visit Ncell Centre with printed form.